14.6 C
Birgunj
Homeसमाचारस्थानियबिरगंज कारागारमा रहेको समता स्कुलमा अध्यनरत छात्रछात्रालाई आवस्यक शैक्षिक सामाग्री तथा खाजा...

बिरगंज कारागारमा रहेको समता स्कुलमा अध्यनरत छात्रछात्रालाई आवस्यक शैक्षिक सामाग्री तथा खाजा बितरण ।

 

बिरगंज , माघ २६ गते सोमबार ।

पर्सा जिल्ला बिरगंज कारागार भित्र रहेको समता स्कुलमा अध्यनरत छात्रछात्रालाई आवस्यक शैक्षिक सामाग्री तथा सानाबच्चाहरुको लागि केही खाने कुराहरु बितरण गरिएको छ ।
समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल र रमेश चौधरी परिवारको सन्युक्त आयोजनामा भएको आवस्यक शैक्षिक सामाग्री बितरणका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी रहनु भएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा कारागारमा कैद भुक्तान गर्दै आईरहेका कैदी बन्दीहरुका बालबच्चाहरु सो स्कुलमा पढ्दै आईरहेका छन । कारागर भित्र रहेको समता स्कुलमा अहिले पिजि क्लासमा २५ जना, नर्सरि क्लासमा २४जना एलकेजिमा २४ जना , युकेजीमा ७ जना , एक क्लासमा ३ जना र दुई क्लासमा २ जना गरि जम्मा ८५ जना अध्यनरत रहेको स्कुलकि प्रहरी प्रिन्सिपल अनामिका मिश्राले  जानकारी दिनु भएको थियो ।
आजको सो कार्यक्रममा बिशिस्ट अतिथिमा मुनलाईट बोडिङ्ग स्कुलका प्रिन्सिपल श्याम केसि , समता स्कुलकि प्रिन्सिपल अनामिका मिश्रा रिसा चौधरी , आँसु चौधरी , चादनी चौधरी , सिमरन चौधरी , राउन्ड टेबुलका सदस्य सुमित चौधरी , हिमान्शु चौधरी , प्रहरी नायब निरीक्षक खुब नारायण श्रेष्ठ , सामुदायिक सेवा केन्द्रका ईन्दिरा पोखरेल , ज्ञानमाया रायमाझी, मुना दाहाल , सन्जु दाहाल , सन्चारकर्मी सन्तोषमान रन्जितकार , अजित कुमार भुजेल , जाकिर हुसेन, महिला प्रहरी हवल्दार सुनिता बिक , प्रहरी जवान कुमार बिक लगायतकाको सहभागिता रहेको थियो ।
सो  कार्ययक्रम मा   स्वागत   मन्तव्य   श्याम केसिले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझीले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here