बिनोद पटेल बिरगंज , माघ १९ गते सोमबार ।
ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी टल्कने स्टिकर टास्ने अभियानको आज तेस्रो दिन पनि बिरगंजको घन्टाघर चौकमा स्कुल बस , बोलोरो पिकअप गाडी , कार , जिप , म्याजिक , ईरिक्सा र टेम्पुहरुको पछाडी टल्किने स्टिकर टास्ने काम सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको नेतुत्वमा बिरगंजको घन्टाघर चौकमा स्टिकर टास्ने काम भएको थियो । सो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ । भोलि मंगलवार चौथो दिन परवानिपुर चौकमा ट्रक र ट्याक्टरहरुको पछाडि टल्कने स्टिकर टास्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो।
ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधान , पहल सस्थाका अध्यक्ष दिलिप राज कार्की , सन्चारकर्मी संतोषमान रन्जितकार , जाकिर हुसेन , अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।