अजित कुमार भुजेल । बिरगंज १४ बुधबार प्राथमिक उपचारबारे पर्साका पत्रकारहरुलाई प्रशिक्षण आज दोस्रो दिन पनि जारी ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आयोजना गरेको आधारभुत प्राथमिक उपचार पुनरताजगि तालिमको आज दोस्रो दिन रक्तस्राब भएमा र हड्डी टुटेमा गरिने तत्काल प्राथमिक उपचार कसरी गर्ने घाइते र बिरामीलाई तत्काल प्राथमिक उपचारबाट ठुलो जोखिमबाट कसरी बचाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिईएको थियो ।
रक्तस्राब विभिन्न कारण हुन सक्छ , एक्सिडेन्ट् भएमा , रुखबाट लडेर , हातहतियारले लागेर , कुनै बस्तुले घोचेमा रक्तस्राब हुने भएकोले त्यस्तो अवस्थामा आफू सुरक्षित भैई घाईते वा बिरामीको अवस्था हेरि रक्तस्राब भएको ठाउमा तत्काल ब्यान्डेज गर्ने वा ब्यान्डेज छैन भने रुमाल वा गमछा जे छ त्यसले बाधने जसले गर्दा तत्काल रक्तस्राब भएको ठाउबाट रगत बग्न पाउदैन र खतरा मुक्त हुन्छ , आवस्यक परे थप ब्यान्डेज गर्ने र मृटुको सतह भन्दा माथि राख्ने त्यसले गर्दा ब्लड सर्कुलर हुन पाउदैन ।
त्यसतै हातका औंलाको अङ्ग छुट्टिएको अवस्थामा , नाकबाट रगत आएको अवस्थामा , चोट लागेर टुटुल्को उठेमा , रगत जमेर निलो जस्तो देखेमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएको थियो ।
त्यसै गरि कुनै कारण दुर्घटना भएमा घाइतेको आन्तरिक रक्तस्राब भएको छ , छैन कसरी थाहा पाउने त्यसबारे पनि जानकारी गराईएको थियो ।।महिलाहरुको महिनावारीको समय भन्दा पछीको अवस्थामा रक्तस्राब भएमा गर्ने उपचारको बारेमा प्राईटिकल ( डेमो) गरि जानकारी गराईएको थियो ।
त्यसैगरि कुनै व्यक्तिलाई गोलि लागेको अवस्थामा तत्काल प्राथमिक उपचार , हाड भाचेको अवस्थामा कसरी घाइते र बिरामीहरुको कसरी प्राथमिक उपचार गर्ने भन्ने बारे सुदर्शन पन्डित , साबिर अहमद एराज ,उमेश मिश्र र राजन श्रीवास्तव लगायतकाले प्रशिक्षण दिनु भएको थियो ।
भोलि बिहीबार तेस्रो दिन कार्यक्रमको अन्तिम दिन र समापन कार्यक्रम रहेको छ ।
तालिममा अजित कुमार भुजेल , एस. के चौरसीया तुलसी भण्डारी , नितेश कर्ण, प्रणय साह , बिनोद पटेल , युवराज खड्का , सुभाष राम लगायतकाको सहभागीता रहेको थियो ।