14 C
Birgunj
Homeसमाचारस्थानियनेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा प्राथमिक उपचार पुनरताजगी तालीम

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा प्राथमिक उपचार पुनरताजगी तालीम

 

अजित कुमार भुजेल ।
बिरगंज, १३ मंगलबार
रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा प्राथमिक उपचार पुनरताजगी तालीम ( प्रशिक्षण) मंगलवर देखि सुरु भएको छ ।
माघ १३ गते देखि १५ गते सम्म ३ दिन प्राथमिक उपचार सम्बन्धि आवस्यक ज्ञान , सीप र दक्षता अभिवृद्वि गर्नु का साथै प्रयोगात्मक अभ्यास समेत गराईएको थियो ।
प्राथमिक उपचार गर्नु भन्दा अगाडि कस्तो कुरामा ध्यान दिनु पर्दछ र सक्दो सहयोग गरि , घाईतेको अवस्था कस्तो छ , बेहोस छ कि छैन उसको अवस्था अनुसार घाइते र बिरामीहरुलाई तत्काल उपलब्ध स्थानीय साधन र स्रोतहरुको प्रयोग गरि सुरक्षा निकायको आधारमा दक्ष चिकित्सा सेवा प्राप्त नहुदा सम्म गरिने स्याहारसुसार बारे जानकारी गराईएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका साबिर अहमद एराज , उमेश कुमार गुप्ता र सुदर्शन पन्डितले आज प्रशिक्षण दिनु भएको थियो ।
त्यसै गरि प्राथमिक उपचार गर्नु भन्दा अगाडी घटना स्थल सुरक्षित छ कि छैन , माक्स , ग्लोबको प्रयोग गरि आफू पनि सुरक्षित रहने र अरुलाई पनि सुरक्षित राखने , तत्कालै फोन गरि एम्बुलेन्स बोलाउने , घाईतलाई अस्पताल सम्म पुर्याउने काम गर्नु पर्ने जानकारी गराईएको थियो ।
प्राथमिक उपचारको उदेश्य भनेकै घाईत र बिरामीको जीवन बचाउनु हो ।
, घाईते र बिरामिको अवस्थालाई झन झन बिग्रन नदिन सुरुमा जुन अवस्था मा छ त्यो स्थिती मा गरिने ईलाज भनेको प्राथमिक उपचार हो ।
प्राथमिक उपचारका केही सिदान्तहरु पनि रहेको छ । सर्वप्रथम सुरक्षा ,मानवतामा आधारित नैतिक सहयोग , अस्थायी हेरचाह , निश्पक्षता , तटस्थता हुनु आवस्यक रहेको र केही जिम्मेवारीहरु पनि आवस्यक रहेकोले त्यसमा पनि ध्यान दिनु जरुरी रहेको तालिममा जानकारी गराईएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here