28.4 C
Birgunj
Homeसमाचारस्थानियजिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रमको आयोजना ।

जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रमको आयोजना ।

अजित कुमार भुजेल

बिरगंज , माघ १० गते शनिबार ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ” हेल्मेट लगाउ ज्यान जोगाऔ साईकल चलाउ वातावरण जोगाऔ ” नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा बिरगंजमा ट्राफिक जनचेतना सहितको साईकल रैली तथा ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।
शनिबार बिरगंजको घन्टाघरमा रहेको बिपि उद्दानमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना फैलाउन बिरगंज साईक्लिङ्ग क्लबको सहयोगमा बिरगंज देखि पोखरिया सम्म साईकल रैलीको उदघाटन प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्नु भएको थियो भने विभिन्न सघसस्थाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आवस्यक सामाग्री हस्तान्तरण गरिएको थियो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन कार्यलाई सहयोग पुग्ने सचेतनामुलक बोर्ड , ट्राफिक डमिहरु , रातमा टल्कने स्टिकरहरु जस्ता सामाग्रीहरु हस्तान्तरण लागि बिरगंज साईक्लिङ्ग क्लबका अध्यक्ष सन्जय अग्रवाल , , राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालयले रातमा टल्कने होडिङ्ग बोर्ड ठुलो तथा सानो ८ थान र ६०० पिस गाडीमा टास्न टल्कने स्टिकरहरु तथा २००० प्रती पर्चा पम्पलेट , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले सचेतनाको लागि ट्राफिक डमि ५ थान , रोटरी क्लब बिरगंजबाट स्टिकरहरु विभिन्न पोल तथा गाडीहरुमा राती टल्कने स्टिकर टास्न २०० मिटर र ७०० प्रती हस्तान्तरण गरेको थियो ।
२ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्री हिमालय कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका , बिरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य लगायतकाको उपस्थिति रहेको थियो ।
स्वागत जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here