बिनोद पटेल
पर्सा बिरगंज २९ बुधबार
नेपाल मा बर्डफ्लु भित्रन नदिन का लागि सिमा नाका मा कडाई गर्न सुरक्षा कर्मी आदेश दिएको हो ।
भारत को १० भन्दा बढी राज्यमा वर्डफ्लु देखा परे पछि नेपाल संगै जोडिएको सिमा नाका मा कडाई गरिएको छ ।
पर्सा जिल्लामा यतिखेर कुखुराको मासु र अन्डा को दाम बढे सँगै ब्यपारी हरूले भारतीय बजार बाट आयत गर्ने गरेको देखिनछ ।
भारत बाट आयात हुने कुखुरा र अन्डा मा पुर्ण रूपमा रोक लगाउन पशु क्वारेन्टाइन कार्यालय पर्सा ले निर्देशन दिएको छ ।
नेपाल पोल्टृी कृषिमा आत्म निर्भर भएको र यतिखेर भारतीय कुखुरा मा बर्डफ्लु देखिएको ले यसलाई पुर्ण रुपमा रोक लगाउन र सेतो अन्डा भेटिने बितिक्कै नस्ट गर्न सुरक्षाकर्मी हरूलाई निर्देशन दिएको हो ।
पशु क्वारेन्टाइन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल १३ नं गन बाट संयुक्त रुपमा आज सिमाबर्ति बजारहरु को अनुगमन गरेको थियो ।
अनुगमन को क्रममा छिपहरमाई गाउँ पालिका को भिस्वा बाजार र जगरनाथपुर गाउँ पालिका को जानकारी टोला बजार मा भारतीय अन्डा छयाप- छयापे रुपमा बिक्री बितरन हुँदै आएको छ ।
भारत बाट बर्डफ्लू नेपाल भित्रन न दिन उच्च सतर्कता को लागि सरकारले तयारी थालेको छ ।
नेपालमा बर्डफ्लु संक्रमण भित्रिन नदिन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन न दिन निर्देशन दिएको छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।
यसै अनुरूप आज पशु क्वारेन्टाइन कार्यालय पर्सा का प्रमुख डा. हरेराम यादब को नेतृत्वमा पर्साका सिमावर्ति बजारहरु झौवा, सबैठवा, भिस्वा दशैता, जानकी टोला बजारहरुमा अनुगमन गरिएको छ ।
बजार अनुगमन को क्रममा अनुगमन टोलिले ३५ क्रेट सेतो अन्डा र केही जिउँदो कुखुराहरु नियन्त्रण मा लिएको थियो ।
नियन्त्रण मा लिएको सेतो अन्डा र कुखुरा लाई सशस्त्र प्रहरी बल भिखमपूर मा नष्ट गरिएको थियो ।