16.4 C
Birgunj
Homeसमाचारस्थानियजिल्ला प्रशासन कार्यालय पर्सा ले बजार अनुगमन गर्दा ७ पसललाई...

जिल्ला प्रशासन कार्यालय पर्सा ले बजार अनुगमन गर्दा ७ पसललाई कार्वाही ७० हजार जरिवाना ।

अजित कुमार भुजेल

बिरगंज , पौष ०९ गते बिहीबार ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतुत्वमा गएको टोलिले आज बिरगंजका विभिन्न पसलमा अनुगमन गरेको थियो ।
अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिका वडा न.६ स्थित ६ नम्बर गेट स्थित माबनारसि ईन्टरप्राईजेजले बिल बिजक नदेखाएकोले उपभोक्ता संरक्षण एेन २०७५ बमोजिम रु.२०,०००/- (रु. बीस हजार ) जरिवाना गरेको थियो भने सोहि स्थानका श्री शोभा ट्रेडर्सलाई पनि रु.२०,०००/- , वडा न.१० घडिअर्वा स्थित शिमी आयुर्वेदिक फार्मेसीलाई रु. ५,०००/- , सोही स्थानका एन . यु. ट्रेडिङ्गलाई रु.५,०००/- त्यसै गरि वडा न.१० पानमन्डी स्थित एच. एम. ट्रेडर्सलाई रु.५,०००/- ,जयमा दुर्गा किराना स्टोरलाई रु.१०,०००/- र देबि किराना पसललाई रु.५,०००/- जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिनुभयो ।
सन्युक्त अनुगमन टोलिमा बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका जित बहादुर भन्डारी , सुचना अधिकारी दिलिप खङ्ग , नायब सुब्बा रामप्रबेश यादव , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कन्ज्युमर आई नेपालका अन्जु फुयाल , बिरगंज उद्योग बाणिज्य सघका मनोज कुमार दास , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक रामदरश यादव , नेपाल पत्रकार महासघ पर्साका आरके पटेल , सन्चारकर्मी अर्जुन गुप्ताको सहभागिता रहेको थियो ।
अनुगमन गर्ने क्रममा पसलेहरुले बिल बिजक र अन्य कागजातहरु नदेखाएर असहयोग गरेकोले तत्काल जरिवाना गरिएको थियो । उक्त जरिवाना रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी गराउनु भयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here