14.6 C
Birgunj

पुष ९ बिहिवार ।                                                        आज बिहान बैतडीको सुर्नाया गाउँपालिका–८ डोल्यामोडमा भएको जिप दुर्घटनाका मृतकको सनाखत भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी बझाङको बुंगल नगरपालिका ११ का चालक २७ बर्षिय धन बहादुर बोहराको घटना स्थलमै मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जादै गरेको से १ ज ८४३ नम्बरको आफ्नै बेलोरी जिपका चालक बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार घाईते ३ जनाको पनि परिचय खुलेको छ । घाईते हुनेमा बैतडीका पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० बर्षिय गंगादत्त भट्ट , सोही ठाउँका ३५ बर्षिय जनक भट्ट र बझाङको बित्थडचिर गाउँपालिका १ का २७ बर्षिय हरिश बोहरा रहेका छन् ।

घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उपचार लागी डडेल्धुरा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिव १ सय मिटर तल खसेको छ । जिपमा चालक सहित ४ जना सवार रहेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here