अजित कुमार भुजेल , बिरगंज
बिरगंज , मंसिर २० गते शनिबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम जिल्ला पर्सा बी.म.न.पा. वडा नं. १ बजारछपकैया स्थित रहेको पंडित रामदेनि तिवारी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा लैङ्गिक हिंसा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र वडा समितिको कार्यालय वडा नं. ०१ का कार्यवाहक अध्यक्ष नुरआलम मंसुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ट अतिथीमा प्रधानाध्यापक रविन्द्र नाथ तिवारी, सिमा प्रहरी चौकी बजारछपकैयाका ईन्चार्ज प्रहरी नायब निरीक्षक तिर्थ बहादुर खत्री, वडा समितिको कार्यालय वडा नं. १ का महिला सदस्य रिता देवि कलवार, शिव कुमारी देवि, राईजिङ्ग वीरगंज नेपालका अध्यक्ष आरजु खान , न्यू ज्योति युवा क्लबका उपाध्यक्ष बिबेक कुमार गुप्ता, नेपाल नेशनल क्लबका सदस्य प्रेम कुमार साह र सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ट उपाध्यक्ष मोहमद अब्दुल हक, सचिव प्रविण बिक्रम शाह, सदस्य अब्दुल कैश मियाँ, अजित कुमार भुजेल, अरुण कुमार गोयल, ऐसहनुल हक (बिट्टु) प्र.स.नि. रामेश्वर प्रसाद यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामाङ्ग र स्थानिय महिलाहरुको उपस्थिति रहेको थियो ।
महिला हिंसा हामी आफ्नै घरबाट सुरु हुने भएकोले सर्वप्रथम आफ्नो घरमा हुने छोरा- छोरीमा हुने भेदभाव , दाइजो प्रथा , बहुबिवाह , बाझोपन , दुर्ववहार , जाडरक्सी बिक्री बितरण र यसले पार्ने पारिवारिक कलह , सासु- बुहारीमा हुने मतमतान्तर , शिक्षाको कमि , गरिबीका कारण ठुलाबडाहरुले गर्ने शोषण , जातपातको कुराहरु पनि हिंसा नै भएकोले तपाईहरुको सहयोग बिना यसलाई न्यूनीकरण गर्न नसक्ने भएकोले सबै जनप्रतिनिधि , समुदाय र प्रहरी मिलि यसलाई केही हदसम्म कम गर्ने र सुन्दर समाजको निर्माण गर्ने वक्ताको भनाई रहेको थियो ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबीण बिक्रम शाहले र कार्यक्रम सन्चालन सदस्य अब्दुल कैश मियाले गर्नु भएको थियो ।