अजित कुमार भुजेल , बारा, कलैया , कार्तिक २७ गते ।
स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उपमहानगर पालिकाको आयोजनामा , द एशिया फाउन्डेसनको सहकार्य र उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राबिधिक सहयोगमा आज बाराको वडा न.५ स्थित होटल बरेवा दरबारमा कलैया उपमहानगर पालिकाका उपमेयर रहिमा खातुनको अध्यक्षतामा र मेयर राजेश राय यादवको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा कलैया उपमहानगर पालिकाका प्रसाशकिय अधिक्रुत प्रह्लाद कुमार बर्णबाल , उपभोता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , प्रदेश न.२ का अध्यक्ष केसि लामिछाने , उपाध्यक्ष दिनेश चन्द गिरि , बिरगंज महानगर कमिटी अध्यक्ष अजित भुजेल , कलैया उपमहानगर कमिटी अध्यक्ष नरेश मोदक , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कृष्ण पगेनि , एसिया फाउन्डेसनका जिल्ला संयोजक नजबुल्लाह अन्सारि , घरेलु तथा साना उद्योग कार्यालय कलैयाका अमोद कुमार यादब , उद्योग बाणिज्य संघ ललैयाका शनि कुमार गुप्ता , बिश्वास एफएम का प्रमुख साजिर मन्सुरी , बारा होटल व्यवसायी संघका अध्यक्ष बिजय कुमार साह , नेपाल तरकारी फलफूल तथा खुद्रा व्यवसायी संघका अध्यक्ष दिपलाल साह लगायतकाको सहभागीता रहेको थियो ।
स्वागत मन्तव्य कलैया उपमहानगर पालिकाका बाताबरण प्रमुख रामजि मन्डलले र कार्यक्रम सहजीकरण उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश न.२ का अध्यक्ष केसि लामिछानेले गर्नु भएको थियो भने केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।