बारा, कार्तिक २४ गते सोमबार ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.५ स्थित लल्का पुल नजिक सडक खण्डमा आइतबार बिहान सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ७ ख ६०४१ नं.को यात्रु बाहक बसमा जिल्ला बारा फेटा गाँउपालिका वडा नं.१ त्रिवेणी वस्ने वर्ष २८ को लालबाबु दास र ऐ.ऐ.बस्ने वर्ष २७ को कन्हैया दासले बसको पछाडीको डिक्की भित्र खुर्सानी भएको बोरा भित्र लुकाई छिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १(एक) किलो ५०० पाँच सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९०० नौ सय ग्राम फेला परेको हुँदा उनिहरूलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटकमा ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।