पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण रक्सौल १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन रहेका छन् ।
स्रोत न खुल्नसकेको नेपाली १६ लाख रुपैंया सहित जैनलाई पर्सा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरपालिका ८ माइस्थान चोक बाट रक्सौल बाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई रोकि चेक जाँच गर्ने क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो ।
बरामद गरेको रकम हुण्डीको कारोबारमा प्रयोग हुन सक्ने प्रहरीको आशंका छ ।
मोटरसाइकल सहित जैनलाई नियन्त्रणमा लिइ बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शिर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।