28.4 C
Birgunj
Homeसमाचारस्थानियपटेलको गिद्धे नजर, कलैया २३ मा रहेको सार्बजनिक जग्गा पटेलको कब्जामा...

पटेलको गिद्धे नजर, कलैया २३ मा रहेको सार्बजनिक जग्गा पटेलको कब्जामा वडावासीहरु अदालतको शरणमा

बिनोद पटेल
बारा २३ कात्तिक,
बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. २३ मा रहेको १४ कठ्ठा ऐलानी जग्गा एक जग्गा माफियाले अतिक्रमण गरी आफ्नो नाउमा दर्ता गराएकोमा वडावासीहरु बिरोधमा उत्रेका छन् । बारा जिल्ला साविक गाविस भतौडा वडा नं. ८ र हाल कलैया उमहानगरपालिका वडा नं. २३ टोल बैराठपुरमा रहेको किता नं. १३ को ९ कठ्ठा १० धुर र साविक गाविस भतौडा वडा नं. ५ र हाल कलैया उमनपा वडा नं. २३ टोल कोईरीयाटोलमा रहेको किता नं. ३१२ को ४ कठ्ठा ५ धुर ऐलानी पर्ती जग्गा स्थानिय दुर्गा पटेलले एकलौटी रुपमा आफ्नो नाममा नामसारी गराएको प्रति स्थानिय वडावासीहरुले अदालतको शरणमा पुगेका छन् ।
ऐलानी पर्ती जग्गा सुकुमबासी बनी सरोकारवालाहरुलाई झुक्याएर दुर्गा पटेलले सो १४ कठ्ठा जग्गा आफ्नो नाममा दर्ता गराएको जानकारी हुन साथ स्थानियहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, हेटौंडा र सम्मानित बारा जिल्ला अदालतमा समेत मुद्दा दायर गरेका छन् ।
सो १४ कठा जग्गा मध्ये केही जग्गामा एउटा सार्वजनिक धर्मशाला पनि रहेको छ । सो धर्मशालामा दुर्गा पटेलले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको र स्थानियवासीहरुलाई पस्न समेत नदिने गरेको स्थानियहरुले गुनासो गरेका छन् ।
दुर्गा पटेलको बुवा एउटा सरकारी कर्मचारी भएको आडमा २०६६ सालमा सुकुमबासी आयोग मार्फत सो जग्गा आफ्नो नाममा दर्ता गराउन सफल भएका हुन् । सो जग्गा व्यक्तिको नाउमा दर्ता भए पश्चात नै लगभग २०६७÷०६८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा मुद्दा नं. १५८१३ मा उजुरी दर्ता गराएको स्थानिय कन्हाईलाल ठाकुरले बताए ।
बाबु, बाजेको पालादेखि नै सो ऐलानी पर्ती जग्गा रहेकोले हामी कुनै पनि हालतमा सो जग्गा कुनै व्यक्ति विशेषको नाउमा जान नदिने स्थानिय रामएकबाल पटेलले बताए । सो जग्गा व्यक्तिको नाममा दर्ता भएकोले स्थानिय वडावासीहरुले सम्मानित जिल्ला अदालत बारामा मुद्दा दर्ता गराएका छन् ।
सोही मुद्दाको प्रक्रिया अगाडि बढदै शनिवार सम्मानित बारा जिल्ला अदालतबाट डोर खटाई जग्गा नापजाँच भएको छ । सम्मानित बारा जिल्ला अदालतमा मुद्दाको पेशी मंसिर १० गते रहेको स्थानियहरुले बताएका छन् । सो सम्बन्धमा वडा नं. २३ का वडा अध्यक्ष विक्रम साह कानुले मुद्दा अदालतमा बिचाराधिन रहेकोले अदालतको जे फैसला हुन्छ त्यो मान्न आफुहरु तयार रहेको बताए ।
सो सम्बन्धमा जग्गा नामसारी गराएका दुर्गा पटेलले २०÷२५ वर्ष पहिला नै साहु महाजनबाट सो जग्गा किनेको दाबी गरेका छन् । धर्मशाला पनि आफुले आफ्नो जग्गामा बनाउन दिएको बताउदै सो १४ कठा जग्गा मेरो नम्बरी रहेकोले आफुले जोतभोग गर्न नछाडने प्रतिक्रिया दिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here