23.6 C
Birgunj
Homeसमाचारस्थानियउपभोक्ता अधिकारको संरक्षणको जिम्मेवारी तिनै तहको सरकारलाई दिएको छ :- पुर्व मन्त्री...

उपभोक्ता अधिकारको संरक्षणको जिम्मेवारी तिनै तहको सरकारलाई दिएको छ :- पुर्व मन्त्री पौडेल

अजित कुमार भुजेल
बारा, कलैया , कार्तिक १७ गते सोमबार ।

राजनैतिकको पहिलो शर्त हो न्याय , यदि राजनैतिकले न्याय दिदैन भने त्यो राजनितिकको अर्थ हुदैन ।राज्यको पहिलो शर्त हो जनताको न्यायको रक्षा , अधिकारको रक्षा यदि त्यो राज्यले जनताको रक्षा गर्न सक्दैन , सुरक्षा अधिकार दिन सक्दैन भने त्यो राज्य बेकार हो , त्यो काम लाग्दैन ।हाम्रो देशको संविधानले ती तहको सरकार बनाएको छ ।स्थानीय , प्रदेश र केन्द्रिय सरकार उपभोक्ता अधिकारको संरक्षणको जिम्मेवारी पनि तिनै तहका सरकारलाई दिएको छ ।

स्थानीय सरकारले उपभोक्ता हितको संरक्षण गर्ने काम गराएको छ कि छैन ।त्यस बिषयमा कानुन बनाएको छ कि छैन यदि बनाएको छैन भने त्यो राज्य तपाईको अधिकार प्रती , जीवन प्रति , भबिस्य प्रती खेलवाड गरिरहेको छ ।

प्रदेश न.२ सरकारले त्यस्तो कानुन बनाएर हाम्रो प्रतिनिधित्व गर्ने सरकार हो, त्यो सरकार हामी जनताको उपभोक्ताको अधिकार प्रति सचेत छ कि छैन भन्ने कुरा आज ३ बर्ष भैई सक्यो त्यो सरकार बनेको तपाईं हाम्रो हितमा त्यसले काम गर्दैन भने त्यो नालायक सरकार हो, त्यसले हामिहरुको हित गर्दैन ।

नेपालीहरुको महान चाडपर्व वडा दसैं , सुभ दिपावली , सम्बत ११४० भिन्तुना तथा छठ पर्वको उपलक्ष्यमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कलैया उपमहानगर कमिटीको आयोजनामा आयोजित उपभोक्ता सचेतना तथा चियापान र सुभ कामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि रहनु भएको पुर्व खेलकुद मन्त्री पुरुषाेतम पौडेलले सो कार्यक्रममा बताउनु भयो।

प्रमुख अतिथि पौडेलले उपभोक्ता हितको कुरा हाम्रो राजनैतिक एजन्डा पनि रहेको बताए ।हाम्रो अधिकार सङ्ग गासिएको बिषय भनेको उपभोक्ता हित पनि हो।यो कुनै एक व्यक्तिको नभैइ समग्र राज्यको एजेन्डा रहेको बताए ।

त्यसैगरी बिशिस्ट अतिथि उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अजय अधिकारीले छोटो समयमा यस मञ्चले बारा जिल्ला कलैया उपमहानगर पालिका बजारमा प्रभाव पार्न सफल भएको दाबी गर्नु भएको थियो ।यस मञ्चले कलैया उपमहानगर सङ्ग सहकार्य गरेर उपभोक्ता हित २०७४ ले संविधानले व्यवस्था गरेको उपभोक्ता अधिकार छ त्यसलाई तिनै तहको सरकारले उपभोक्ता अधिकार चलाउन एक बर्ष देखीको प्रयासले उपभोक्ता एेन पास भैइ सकेको छ ।चाडै उपभोक्ता निमावली पनि बनाउन गैई रहेको हुदा कलैया बजारलाई व्यवस्थित गर्न चाहे वस्तु होस वा सेवाजो क्षेत्रमा त्यो बजारलाई व्यवस्थित गर्न एेनले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।

त्यसै गरि एेनले मात्र हुदैन , जबसम्म तपाई हामी उपभोक्ता सचेत हुदैन ।बिल बिजक लिने र दिने बानी बसाल्दैनौ तबसम्म हामी हरेक पाईलामा हामी उपभोक्ता ठगी राखेका हुन्छौ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here