14.1 C
Birgunj
Homeसमाचारप्रदेशगुजरामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गुजरामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कार्तिक १५ शनिबार

दसै , दिपावली र छठ पर्वको अवसरमा शनिबार रौतहटको गुजरा नगरपालिका जंगलसहियामा सुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गुजरा नगरपालिकाव्वडा न.४ का वडा अध्यक्ष पवन राज गिरिको सभापतित्वमा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवंम तराई मधेस समन्वय बिभाग प्रमुख अजय चौरसियाको प्रमुख आतिथ्य भएको सुभ कामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अजय चौरसियाले पार्टीको केन्द्रीय नितृत्वको निर्देशन अनुसार हामि सबै नेता, कार्यकर्ता, मिलेर पार्टीलाई थप मजबुत बनाउन आग्रह गर्नुभयो।

उहाँले विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढन सवैलाई अनुरोध समेत गर्नुभयो । वहाले गाउँपालीका अन्तरगतका सबै वडामा कमिटी निरन्तर बैठक बसि विभिन्न मुद्दाहरु अगाडी बढाउने कुरामा जोड दिनुभयो । यसका साथै वहाले नियमित रुपमा हरेक वडामा चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिन नेताहरुलाई निर्देशन समेत दिनुभयो ।

नेता चौरसियाले काङग्रेस पाटीलाई विपक्षि दलहरुले हराउन नसक्ने ठोकुवा समेत गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी नेपाली काग्रेसका नेताले शुभकामना मन्तब्य राख्दै काङग्रेस पाटीका सम्पुर्ण नेता, कार्यकर्ताहरुलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो । साथै वहाले आउने दिनहरुमा काग्रेस पाटीले राम्रो नतिजा ल्याउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेस रौतहट जिल्ला सभापति कृष्णा यादव , पुर्व सभासद सुनिल यादव ( जितेन्द्र ), पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादब , तराई मधेस समन्वय बिभाग सदस्य प. पुरुषाेतम दुबे लगायतकाले शुभकामना कामना मन्तव्य राखेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here