21.5 C
Birgunj
Homeसमाचारराष्ट्रियबाराको भलुही चौकमा भव्य समारोहका बिच बगैचा कटेज उदघाटन

बाराको भलुही चौकमा भव्य समारोहका बिच बगैचा कटेज उदघाटन

बारा, १५ मंसिर, सोमबार
बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ भलुही चौक भन्दा १०० मिटर दक्षिणमा रहेको बगैचा कटेजको आज एक भव्य समारोहकका बिच उदघाटन सम्पन्न भएको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. २ का सचिव तबरेज आलमले रिबन काटी कटेजको उदघाटन गर्नु भयो । उदघाटन गर्दै सचिव आलमले बारा र पर्सा जिल्लामा सु–व्यवस्थित कटेज नभएको अवस्थामा भलुहीका युवाहरुले गरेको प्रयास सराहनीय रहेको बताउनु भयो ।


होटेल व्यवसायी संघ पर्साका महासचिव समेत रहेका आलमले बारा र पर्साका मध्य भागमा रहेकोले यस क्षेत्रका ग्राहकहरु बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो ।
यस बगैचा कटेजलाई होटेल व्यवसायी संघमा आवद्ध हुन आग्रह गर्दै संघबाट आवश्यक पर्ने सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कटेजका संचालक राजेश प्रसाद कुश्वाहाको सभापतित्वमा भएको कार्यक्रममा फेटा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जयप्रकाश दास, ने.क.पा.का युवा नेता मुकेश साह, उमेश कुश्वाहा, अबुलेस अंसारी, दास गेष्ट हाउसका संचालक बैजु दास, युवा विधार्थी संघर्ष समिति प्रदेश नं. २ का उपाध्यक्ष सन्नी गुप्ता लगायतका उपस्थिती रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here