27.4 C
Birgunj
Homeसमाचारस्थानियईन्डियन उत्पादित अगरवत्ती भनेर लोकल अगरवत्ती प्याक गरि बिक्री वितरण गर्ने...

ईन्डियन उत्पादित अगरवत्ती भनेर लोकल अगरवत्ती प्याक गरि बिक्री वितरण गर्ने फर्मलाई कार्वाही ।

अजित कुमार भुजेल

बिरगंज , मंसिर १० गते बुधबार ।

बैङ्ग्लोरको उत्पादित अगरवत्ती हो भनेर लोकल अगरवत्ति प्याक गरि बिक्री वितरण गर्दै आईरहेको एक फर्मलाई आज कार्वाही भएको छ ।

बिरगंज महानगरपालिका वडा सबिक १९ हाल वडा नम्बर १६ बाईपास रोड मा रहेको बैशणबि मन्दिर स्थित निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सले नामक फममा बैङ्ग्लोरको निल पर्फ्युमरी वर्क्सको विभिन्न ब्रान्डको केवडा , चम्पा र रजनीगन्धा अगरवत्तीको खोल ( रयापर) मा बिरगंज मै उत्पादित लोकल अगरवत्ती प्याक गरि बिक्री बितर्ण गर्दै आईरहेको उजुरीको आधारमा उक्त फर्ममा अनुगमन गर्दा बेङ्ग्लोरका विभिन्न ब्रान्डका अगरवत्तीको खाली खोल १०० थान समेत फेला परि सो स्थानबाट पक्राउ गरिएको हो ।
उक्त फर्मले उपभोक्ता हित संरक्षण एेन २०७५ को दफा ३८ को खन्ड “ङ ” बमोजिम साबीक गुणस्तर , मुल्य ढाटी , झुक्याई बिक्री वितरण गरेको कसुर मा सोही एेन २०७५ को दफा ३९ को खन्ड “घ” बमोजिम रुपैयाँ २,५१,०००/- ( रु. दुई लाख एकाउन्न हजार ) तत्काल जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवको नेतुत्वमा गएको टोलिमा नायब सुब्बा नारायण प्रसाद आचार्य , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलिप खङ्ग , घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायब सुब्बा अशोक पान्डे , उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का अध्यक्ष केसि लामिछाने , बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कोषाध्यक्ष संतोषमान रन्जितकार , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक पुष्कर भन्डारी लगाएत को टोलिले अनुगमन गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here