राहुल गुप्ता, बारा १४ शुक्रबार ।
नेपाली काँग्रेस बाराले परवानीपुर गाउँपालिकामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस परवानीपुर गाउँपालिकाका सभापती पुनदेव प्रसाद यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनील कुमार गुप्ताले सवै नेता, कार्यकर्ता, मिलेर पार्टीलाई थप मजबुत बनाउन आग्रहसमेत गर्नुभएको थियो।
उहाँले विगतमा भएका कमी र कमजोरीहरूलाई सच्याउँदै अगाडि बढन सवैलाई अनुरोध समेत गर्नुभएको थियो ।
वहाले गाउँपालीका अन्तरगतका सबै वडाहरुमा यूवा कमिटी गठनगरी यूवाहरुलाई अगाडी बढाउनेसमेतको कुरामा जोड दिनुभयो ।
नेता गुप्ताले काङग्रेस पाटीलाई विपछी दलहरुले हराउन नसक्ने ठोकुवा समेत गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी परवानीपुर गाउँपालीकाका मेयर पदका उमेदवार लालबाबु यादवले शुभकामना मन्तब्य राख्दै काङग्रेस पाटीका समपुर्ण नेता, कार्यकर्ताहरुलाई एकजुट भएर लाग्न आग्रहसमेत गर्नुभयो ।
साथै वहाले आउने दिनहरुमा काङग्रेस पाटीले राम्रो नतिजा ल्याउने कुरामा विश्वास ब्यत गर्नुभयो ।
नेता यादवले दिपावली र छठ एक आपसमा सामाजीक दुरी बनाएर चाडपर्व मनाउन आग्रह गर्नुभएको थियो। सो कार्यक्रममा नेताहरु जगदिश साह कानु, तरुण दल बारा का अध्यक्ष लोकेश सिंह, विजय गुप्ता, लगायतकाले अ आफ्न शूभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन धुर्ब रायले गर्नु भएको थियो ।