21.5 C
Birgunj
Homeसमाचारस्थानियजिल्ला प्रहरी कार्यालय पर्सा द्वारा छापा , २२ केजि ५७६ गाम सुनको...

जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा छापा , २२ केजि ५७६ गाम सुनको गहनाहरु बरामद ।

अजित कुमार भुजेल
बिरगंज , कार्तिक ०१ गते शनिबार

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा श्री गणेश अपार्ट्मेन्टमा छापा मारेको छ । जिल्ला पर्सा बिरगंज महानगर पालिका वडा न. ५ रेशमकोठी स्थित अपार्टमेन्टमा पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तको नेतुत्वमा गएको प्रहरी टोलिले छापा मारेको हो ।

बिशेष सूचनाको आधारमा दुई दिन देखि निगरानी पर्चात शनिबार दिउसो अन्दाजी १:३० बजेतिर श्री गणेश एपार्ट्मेन्टको तेस्रो तल्लाको ३०३ नम्बरको फ्लैटमा सुन चादी लुकाई छिपाई राखिएको अवस्थामा सुनको बिस्कुट १ केजिको दरले १३ वटा १३ केजि , सुनको बिस्कुट मझौला ४६ पिसको ८ केजि ५७६ ग्राम , सानी बिस्कुट १०० ग्रामको दरले १० पिस १ केजि गरि सुनको बिस्कुट जम्मा २२ केजि ५७६ ग्राम पकाउ गरिएको थियो भने सुनका विभिन्न गरगहनाहरु जम्मा ६८१ ग्राम र चादीका गरगहना तथा थाल लगभग भाडाकुडा २ केजि २६२ ग्राम पकाउ गरिएको आजै जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराउनु भएको थियो ।

अपार्ट्मेन्ट ३०३ फ्लैटमा को बस्छ भन्ने अनुसन्धान गर्दा सो एपार्टमेन्टमा सुरक्षा गार्डले बताए अनुसार भारत पुर्बी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको बताए ।

सुन बरामद गरेको एपार्ट्मेन्टमा कोहि पनि नभएको र ताला लागेको अवस्थामा स्थानीय प्रतिनिधिको रोहबरमा ताला खोली खान तलासी गर्दा सो सुन भेटाईएको जानकारी गराएका थिए ।

थप अनुसन्धान भैई रहेको र आवस्यक कागजात पनि बरामद गरिएकोले अहिले नै केही पनि भन्न नमिल्ने पन्तले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here