बिरगंज , असोज ३० शुक्रबार
हिन्दुहरुको महानपर्व बिजयादशमी , सुभ दिपावली तथा छठ पर्वको अवसरमा बिरगंज पब्लिक कलेजले सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
विश्व भरी कोभिट -१९ कोरोना भाईरसको महामारीको कारणले आठ महिना देखि शैक्षिक सस्था बन्द रहेको अवस्थामा पनि कोरोना भाईरसको त्रास बाबजुदमा पनि सरकारले लगाएको नियमानुसार सामाजिक दुरि कायम गरि कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ ।
बिरगंज पब्लिक कलेजको प्राङ्गणमा शुक्रबार भएको सुभकामना आदान प्रदान कार्यक्रमका सभापतित्वमा कलेजका प्रबन्धक निर्देशक डा. दिपक शाक्य र प्रमुख अतिथिमा जेष्ठ नागरिक तथा समाजसेबि पसुपती बिक्रम शाह रहनु भएको थियो ।
त्यसै गरि कलेजका कोडिनेटर बिनय कुमार ठाकुर , शंकर श्रेष्ठ , ,क्याम्पस प्रमुख बिनय श्रेष्ठ , एकेडेमी डाईरेक्टर युगुल किशोर साह , समाजसेवी उषा शाह , मधु राणा र शत्रुधन नेवा लगायतकाले आ आफ्नो सुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको शहजिकरण बिरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले गर्नु भएको थियो ।