14.7 C
Birgunj
Homeसमाचारस्थानिययुरोपियन युनियनको आर्थिक सहयोग एवम नेपाल ग्रामीण पुनर्निर्माण संस्था द्वारा करेसाबारी सम्बन्धि...

युरोपियन युनियनको आर्थिक सहयोग एवम नेपाल ग्रामीण पुनर्निर्माण संस्था द्वारा करेसाबारी सम्बन्धि अभिमुखिकरण दिएको छ ।

बिनोद पटेल                                                  बारा असोज ३० शुक्रबार                             बाराको परवानिपुर गाउपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको उज्वल किशोरी सम्बाद केन्द्रका किशोरीहरु लाई करेसाबारी सम्बन्धि अभिमुखिकरण दिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा एवम नेपाल ग्रामीण पुनर्निर्माण संस्था द्वारा संरक्षण नेपाल र  चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत सम्बाद केन्द्र स्तरीय करेसाबारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको किशोरी सम्बाद कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

परवानिपुर गाउँपालिकाका कृषि प्राबिधिक रबिता कुमारी मण्डलले प्रशिक्षण दिनु भएको थियोे ।

कार्यक्रममा करेसाबारीको महत्त्व, करेसाबारीको स्थापना कसरी गर्ने, करेसाबारीमा लाग्ने रोगको ब्यवस्थापन कसरी गर्ने, तरकारी बाली लाई बिषादी बिहिन कसरी उत्पादन गर्ने, मैसमी तथा बेमौसमी तरकारी कसरी उत्पादन गर्ने, नर्सरी कसरी बनाउने लगायतका बिषयमा छलफल गरिएको साहले बताउनुभयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here