23.6 C
Birgunj
Homeसमाचारस्थानियभारतिय ट्रकमा लुकाई छिपाई राखेको अबैध लागु औंषध सहित तिन जना पर्सा...

भारतिय ट्रकमा लुकाई छिपाई राखेको अबैध लागु औंषध सहित तिन जना पर्सा प्रहरीको नियन्त्रणमा ।

 

वीरगंज , असोज २५ आईतवार

जिल्ला प्रहरी कार्यलय पर्साले ठुलो परिमाण मा  लागु औषध सहित एक भारतीय  ट्रक  नियन्त्रणमा लिएको छ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च प्रमुख प्रकाश रावतको टोलीले  चेक जाँच गर्दा  आईसिपी  वाट चेकजाच भई नेपालमा प्रवेश भएको HR 38 V4895 नम्बरको ट्रक वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी चौक नजिकमा रोकी चेकजाँच गर्दा गाडि चालक बसेको सिटमुनिमा लुकाई छिपाई राखेको अवैध लागु औषध नुर्फिन २९७ , एम्पुल ईन्जेक्सन, फेनारगन २९७ पिस डाईजोपाम २९७ पिस  , कोरेस सिरप १०० एमेल को १२०६ बोतल सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता मनोजित कुंवरले बताए ।

पक्राउ परेको ट्रक चालक भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल गम्हरिया पोष्ट हर्दिया वडा नम्वर ४ बस्ने वर्षा २० को बिक्रान्त पटेल , र सोहि ट्रकमा बस्ने तेहि वडाका बर्ष २८ को रामबालक राम , बर्ष २० को आकाश राम सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता कुंवरले बताए।

पर्सा प्रहरीको क्राईम टोलीले केही दिन पहिला ७००० किलो मोटर , र नक्कली ईनिस्पेक्टर बनि लोकसेवाको परिक्षाको संचालन गर्ने गिरोह र एक सय ३१ किलो गाँजा पनि नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेको तिनै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम मुद्दा चलाई कसुदारलाई २ बर्ष देखि १० बर्ष सम्म कैद र १ लाख देखि २० लाख सम्म जरिवाना हुन सक्ने पर्साका प्रहरीको प्रबक्ता मनोजित कुंवरले बताए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here