बिरगंज असोज २४ शनिबार
सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को आयोजनामा छपकैया गुठी को समन्वयमा सरसफाइ तथा स्वागत र परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
छपकैया वडा न. २ स्थित सन्सारी माई मन्दिर परिसरमा आयोजित मन्दीर सरसफाइ तथा स्वागत र परिचात्मक कार्यक्रमको सभापतित्व सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई र वडा प्रहरि कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरिको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिस्ट अतिथिमा बिपत व्यवस्थापन प्रदेश न.२ का प्रहरी निरीक्षक सरोज प्रजापति , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमल राज पन्डित रहनु भएको थियो ।
त्यसै गरि सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, सचिव प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा कुमारी खत्री ,जेयाउल हक , छपकैया गुठीका अध्यक्ष एवं सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य धिरज शर्मा , सचिव अजित कुमार भुजेल , कोषाध्यक्ष टिका प्रसाईं , सदस्य प्रकाश कुमार शाह, सुनिल सुवेदी , कृष्ण कार्की , नवीन सिंह , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रदिप राउत कुर्मी , पुन्देव चौधरी , मन्दिरका पुजारी , शाईनिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु खान , प्रहरी बिट छपकैया -२ का प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , प्रहरी हवल्दार देबेन्द्र पटेल , प्रहरी जवान राज कुमार तामाङ लगायतकाको सहभागीत्स रहेको थियो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज शनिबार बिरगंज छपकैया-२ स्थित सन्सारी माई मन्दिरको सरसफाइ गर्नुका साथै वडा प्रहरी कार्यालय बिर्तामा नया आउनु भएका प्रहरी निरीक्षक राजेश राज पुरीको स्वागत गर्दै एक आपसमा परिचात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का कोषाध्यक्ष प्रेमा कुमारी खत्रीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन छपकैया गुठीका सचिव अजित कुमार भुजेलले गरेका थिए ।