बिनोद पटेल
बिरगंज २४ असोज
आज बीरगंज १४सानो पिपरामा रहेको शक्तिपिठ बौधि माता मन्दिरको समस्य बरे स्थानीयबाशी हरुको भेलामा आज बिरगंज का मेयर बिजय सरावगी त्याहाका समस्याहरु बारे आज अवलोकन गर्नुभएको छ ।
युवा समाजका अध्यक्ष अनिल पटेल त्याहाका समस्यहरु बारे आज पुन अवगत गराएका थिए । उक्त ठाउँको अवलोकन गरेपछि सो कार्यक्रममा मेयर सरावगी ले यही सोमबार मंदिरको वरिपरि भेपर लाईटको ब्यवस्था मिलाईदिने र सार्बजनिक पुरानो पोखरीलाई प्राविधिक टोली खटाई उक्त जग्गाको नाप नक्सा गराई कार्तिक मसान्तसम्म पोखरी ब्यवस्थापन गर्ने समेत बताए ।
मन्दिरको वरिपरी बाउनडरीगर्ने समेतको बजेट छुटयाई मन्दिरको पनि ब्यवस्थापन गरी बूक्षारोपण समेत गर्ने, मेयर सरावगीले बताउनु भयो ।
पुजापाठ को खर्च र ,सार्वजनिक शौचालय र मन्दिर को रंगरोधन पुजारी बस्ने घरको मर्मतसम्भार बारे वडा समिती संग समन्वय गरी चाडै नै समसयाको समाधान गर्ने समेत जानकारी दिनुभयो।
वडा अध्यक्ष भरत राउत कुर्मी ले आफ्नो मन्तव्य राखदा आफुसंग भएको बजेट बाट केही रकम छुटयाई यो समस्याको निर्कौल गर्ने भनी प्रतिबद्धता समेत कुर्मी ले गरेका छन ।
सो कार्यक्रममा संस्था पदाधिकारीहरू र नेपाली कांग्रेस का नेता रामनारायण कुर्मी युबा समाजका अगुवा बिर्जित कुर्मी, विशेषर कुर्मी, जदुनन्द पटेल, पतिलाल राउतकुर्मी , बिशुनदेव महतो, बाबा संतोष पुरी र त्रिलोकी पुजारी बाबा र गाउबाशिहरुको उल्लेखनिय सहभागिता रहेको थियो।
सो कार्यक्रम संस्थाका सदस्य अनिल पटेलको संयोजकत्वमा सम्पन्न भएको थियो।