वीरगंज १९ असोज ।
“प्रत्येक स्वस्थ युवा, युवतीहरुको आफ्नो १८ औं वर्षको शुभजन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं” भन्ने मुल नाराका साथ पशुपति अन्नपूर्णा आश्रम केन्द्रिय समिति काठमाडौं र पशुपति अन्नपूर्णा आश्रम जिल्ला धार्मिक तथा युवा समिति पर्साको आयोजनामा आज वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज–२२ जगरनाथपुरको बौद्धिमाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा २ महिला सहित ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।
कार्जक्रममा आयुस देवी, सुगान्धि देवी, महेश पटेल, मनोज गिरी, लक्षुमण साह कानु, हिमाञ्चल चौरसिया, सुरेश पटेल, कमलेश साह, राजेश पटेल, रबिन्द्र पटेल, अजय चौरसिया लगायतकाले रक्तदान गरेको आयोजक समितिका राजेश पटेलले बताए ।
पुन्काल साह कानुको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि शुपति अन्नपूर्णा आश्रमका केन्द्रिय अध्यक्ष के.बी सम्राट, विशेष अतिथि वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, त्यसैगरी वीरगंज मनपा. वडा नं. २२ का वडाअध्यक्ष ग्यासुदिन मियाँ, धार्मिक युवा समितिका अध्यक्ष सुरेश पटेल, उपाध्यक्ष शिवशंकर प्रसाद कुर्मी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण धार्मिक युवा समितिका सचिव राजेश पटेलले गरेका थिए ।
त्यसैगरी रक्तदान कार्यक्रम पश्चात सोही स्थानमा पशुपति अन्नपूर्णा पर्सा जिल्ला धार्मिक समितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण एक समारोहका बिच सम्पन्न भएको छ ।
धार्मिक समितिका अध्यक्ष मनोज कुमार गिरी, सचिव राजेश पटेल, कोषाध्यक्ष लक्षुमण साह लगायतलाई आश्रमका केन्द्रिय अध्यक्ष के.बी सम्राटले पद तथा गोपनियताको सपथ गराउनु भएको सचिव पटेलले बताए ।