बिरगंज , असोज १५ गते बिहीबार ।
मधेस आन्दोलनका घाइते मुन्सी राज पटेलको अवस्था बुझ्न नेपाली काङ्ग्रेस पर्साका जिल्ला सदस्य देव प्रकाश पटेल लगायत नेबि संघका उपाध्यक्ष शेष हजरा , दिनानाथ गुप्ता , युवा नेता बिट्टु पटेल , युथ काङ्ग्रेस नेपालका प्रदेश न.२ का सदस्य राहुल गुप्ता लगायतका नेबि संघका जिल्ला युबा नेताहरू बिहीबार नारायणी अस्पताल पुगेका छन ।
पटेलको स्वास्थ्य अवस्था खराब भएकोले आज नारायणी अस्पतालमा भर्ना भएका छन ।
पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२८ बगही घर भएको मुन्सी राज पटेल २०७२ साल असोज ३ गते संविधान दिवसको दिन खुट्टामा गोलि लागि घाइते भएका थिए ।
घाइतेको पटेलको एक बर्ष उपचारमा नै बित्यो ।उपचारको क्रममा ६ महिना काठमाडौं , ६ महिना नारायणी अस्पतालमा र २ महिना दिल्लीमा बसेर उपचार गराएका थिए । र अहिले सम्म बायाँ खुट्टामा गोलि रहेको र हिडडुल गर्नसमेत नसक्ने र बेला बेलामा खुट्टा दुख्ने पटेल ले बताए।
चुनावको लागेको बेला सबै पार्टीका नेता तथा कार्यकर्ताहरु भेट्न आउने हालखबर बुझ्ने र २-४ हजार सहयोग दिने पनि गर्दथे। चुनाव जिते पछी शहिदको सपना पूरा गर्छौ, शहिद परिवारलाई ५० लाख , दिनछौ र एक जनालाई स्थायी नोकरी दिने घोषणा समेत नेताहरुले गरेका थिए । तर त्यस्तो भने केही भएन । घाइतेहरुको निसुल्क उपचार गराउने , सहिद र घाइते परिवारका बालबच्चाको पढाई लेखाइ निसुल्क गर्ने भनेर वाचा समेत गरेका थिए । यहिका स्थानीय नेताहरु मधेसी पार्टी बाट निर्वाचित भइ मन्त्री , मुख्यमन्त्री भए तर केहिकसैलाई करारमा नोकरि लगाएको र अहिलेसम्म २ लाख मात्र पाएको मधेसको हक अधिकारको लागि जो सहिद भए त्यसलाई उपेक्षा गरेको भन्दै आ- आफ्नो मान्छे र कार्यकर्ताहरुलाई रोजगारी दिएको र घर बनाएको आरोपसमेत मुन्सी पटेलले नेताहरू माथी लगाएका थिए ।