बिरगंज असोज १० गते शनिबार । चीन बिरुद्ध नेपाल विद्यार्थी संघ बिरगंज पर्साले प्रदर्शन गरेको छ । चिनले अवैध तरिकाले नेपालको भुमि मिचेर भवन बनाएको विरोधमा नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी संघले बिरगंजमा प्रदर्शन गरेको छ । नेविसंघ पर्सासँग आबद्ध विद्यार्थी नेताहरुले शनिबार वीरगञ्जको घण्टाघरमा सङ्घीय सरकार र चिन विरुद्ध प्रदर्शन गरेका थिए । चिनले नेपालको हुम्ला नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँस्थित लाप्चामा नेपाली भूमि अतिक्रमण गरेर नौं वटा भवन बनाएको विरुद्धमा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले चिन सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मिचिएको नेपाली भूमिलाई तत्काल फिर्ता गर्नुपर्ने मागसमेत गरेका थिए । उनीहरुले चिनले नेपालमाथि गरिरहेको हस्तक्षेप सहन नसक्ने बताउँदै भूमि फिर्ता नभए कडा आन्दोलनगर्ने समेत चेतावनी दिएका छन । कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि शुधिर पटेलले सङ्घीय सरकारले नेपालको भूमि नमिचिएको भनेर घोषणा गर्नु दुर्भायापूर्ण भएको बताए । उनले नेपालको कम्युनिष्ट सरकार चिनको अगाडी झुकेको बताउँदै नेविसंघले देशको एक इन्च भूमि पनि कसैलाई नलिन दिने बताए । नेविसंघ पर्साका उपाध्यक्ष विकेश पटेलको नेतृत्वमा आयोजित विरोध सभामा नेबि संघको वीरगञ्ज महानगरपालिका कमिटिका आध्यक्ष विवेक कलवार, तरुण दलका पर्सा का नेता मिक्कु सिंह, पोखरिया नगर कमिटिका अध्यक्ष सन्तोष महताे , पर्सागढी नगर कमिटिका अध्यक्ष सञ्जिव मिश्रा, विशाल पटेल, आकाश प्रजापति लगायतकाको उपस्थिति रहेको थियो ।