असार ७ बारा
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले आपराधिक , बम विष्फोट तथा संगठित अपराध मुद्दामा सङ्लन रही फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।
मंगलबार राति बारा परवानीपुर गाउँपालिका १ का ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
महतो गतवर्षदेखि नेपाल बाट फरार भइ भारत मा बस्दै गरेका थिए।
केही दिनअघि नै उनी नेपाल प्रवेश गरेको र पुनः आपराधिक गतिविधिमा नै संलग्न भएको सूचना पाएछि बारा प्रहरीले मंगलबार राति उनको घर घेराउ गरी घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक ओमप्रकाश यादबको कमाणडमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
महतोलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालतमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
उनीसहितका व्यक्तिले परवानीपुर गाँउपालिका ४ मा रहेको इट्टा उद्योगका संचालकलाई १५ लाख रुपैयाँ फिरौती माग गर्दै आएका थिए।
स्थानीय ३१ वर्षीय प्रमोद साह गोढको समूहले २०७६ कात्तिक ४ गते १५ लाख रुपैयाँ नदिए इटा उद्योगमा बम बिस्फोट गराउने धम्की दिदैअएका थिए।
फिरौतीको रकम लिन आएका ३१ वर्षीय प्रमोद साह, २० वर्षीय देव शंकर राम, २० वर्षीय अच्छेलाल गोसाई र ३९ वर्षीय दिपेन्द्र कुमार धानुक भने पक्राउ परेका थिए।
फिरौती रकम दिन अस्वीकार गरेपछि महतो को समुहले इटा उद्योगमा बम बिस्फोट गराईदिनछौ र मागेजति रकम नदिए घर परिवारलाई समेत खतरा हुने चेतावनी दिएका थिए।
पटक–पटक फोन तथा एसएमएसबाट धम्की दिएपछि ३ लाख रुपैयाँ लिएर महतो ले चैनपुर भन्ने स्थानमा बोलाएका थिए।
उक्त जानकारी प्रहरीले पाएपछि त्यसैदिन अन्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरुलाई आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी प्रहरीले अदालतमा बुझाएको थियो।
अदालतले उनीहरुलाई पुर्पक्षका लागि बीरगन्जमा कारागार कार्यालय पर्सामा पठाएको छ।
लुकि छिपी भाग्दै आएको महतो भने एक वर्षपछि पक्राउ परेका हुन्।