14 C
Birgunj
Homeसमाचारस्थानियग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा कोभिड व्यवस्थापनमा खट्नेहरुलाई सम्मान ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा कोभिड व्यवस्थापनमा खट्नेहरुलाई सम्मान ।

 

वीरगञ्ज , असोज ०२ गते शुक्रबार ।

ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले कोरोना संक्रमणको समयमा अग्रपन्तिमा खटेका व्यक्तिहरुलाई सम्मान गरेको छ ।केन्द्रले शुक्रबार एक कार्यक्रम बीच पर्सामा  कोरोनाको महामारीले आक्रान्त बनेको बेलामाा  आफ्नो ज्यानलाई जोखिममा राखेर खटेका सुरक्षाकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स चालक, डोजर चालकलगायतकालाई नगद तथा सम्मान पत्रसहित सम्मानित गरेको  छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पर्साकी प्रहरी प्रमुख गङगा पन्तले सम्मानित सबैलाई नगद तथा सम्मान पत्र हस्तान्तरण गरेकी थिइन ।

सम्मानित हुनेमा वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँ, शाखामा कार्यरत अमिन मियाँ, एम्बुलेन्स चालक समशुल मियाँ, रेडक्रसका एम्बुलेन्स चालक मोम्ताज अन्सारी, रमेश पण्डित, राजेशकुमार क्षेत्री, ग्रिन सिटि सामुदायि प्रहरी सेवा केन्द्रका  विजय यादव, लालबाबु महतोलगायतका रहेका थिए । सो

कार्यक्रमलाई सोबोधन गर्दै प्रहरी प्रमुख पन्तले कोभिड संक्रमणको समयमा पर्दा पछाडीको हिरोहरुलाई सम्मान गर्न पाउँडा खुशी महसुस भएको वाहाले बताउनु भयो । उनले कोभिड व्यवस्थापनमा सरसफाई कर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, डोजर चालकहरुले गरेको योगदानको जति सराहना गरेपनि कम नै हुने बताउँदै सम्भव भए यस्ता समस्य परेपछि   दिन रात खट्ने व्यक्तिहरुलाई सम्मान गरिने बताइन ।

ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी  कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायत स्थानीय नागरिक समाजका अगुवा, तथा स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here