36.2 C
Birgunj
Homeसमाचारस्थानियमृतक सतन माझीका परिवारलाई खाद्यान्न सामाग्री सहयोग ।

मृतक सतन माझीका परिवारलाई खाद्यान्न सामाग्री सहयोग ।

 

वीरगञ्ज , भदौ ३० गते मंगलवार ।
आर्थिक अभावका कारण बिष सेवन गरि मृत्यु भएको परिवार बिचल्लीमा परेपछि मृतकका परिवारलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले सहयोग गरेको छ ।
वीरगञ्ज वाड नम्बर ३१ बेल्वा टोलका मुसहर परिवारलाई सामुदायिक सेवा केन्द्र मुर्लीका सचिब दिलिप प्रधानको नेतुत्वमा गएको टोलिले पीडित परिवारको घरमै पुगि मंगलवार दिउसो खाद्यान्न सामाग्रीहरु सहयोग गरेकाछन ।
सामुदायिक सेवा केन्द्र मुर्लीका सचिब दिलिप प्रधान , सन्जिव थापा , गणेश थापाले मुसहर परिवारलाई तीन बोरा चामल, दुई लिटर खाने तेल, तीन किलो दाल, नुन दुई प्याकेट, हर्लिक्स , बिस्कुट र लता कपडा लगायतका सामानहरु प्रदान गरेका हो ।
माझी परिवारमा चरम आर्थिक समस्या भएपछि बेल्वा टोलका ३० वर्षका युवक सतन माझीले भदौ २५ गते बिहीबार विष सेवन गरेका थिए ।
र उपचारको क्रममा उनको शुक्रबार ईन्डो अस्पताल प्रा.लि.मा मृत्यु भएको थियो । अस्पतालमा उपचाररत मृतकको लागेको खर्च भाईजान्स अफ बिरगंजको पहलमा माफ गराएको थियोे ।
माझी को शवलाई उनको गाउसम्म पुर्याउनकोलागि भाईजान संस्थाले एम्बुलेन्सको भाडा तिरी सहयोग पनि गरेको थियो ।
मृतक जङ्गलबाट दाउरा ल्याएर बेचेको पैसाले घर परिवार पाल्दै आएका थिए ।
कोरोनाको महामारीका बेला बेरोजगार भइ परिवार पाल्न नसकेपछि उनि विष सेवन गरी आत्महत्या गरेका थिए ।
उनी ले अरुको जमिनमा घर बनाइ बस्दै आएका थिए । माझीका श्रीमती, आमा र दुई छोराछोरी ५ जना छन् ।
परिवारमा कमाउने माझीकै मृत्यु भएपछि उनका परिवारलाई खान समेत समस्या भएपछी सामुदायिक सेवा केन्द्र मुर्लीले खाद्यान्न सहयोग गरेको सचिव दिलिप प्रधानले बताए ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका प्रहरी सहायक निरीक्षक मिना कुमारी बडाल , प्रहरी जवान रबि कुमार सिंह , सामाजिक अभियन्ता प्रकाश थारु , सन्चारकर्मी सुरेश बिडारी , अजित कुमार भुजेल , गणेश थापा र नगेन्द्र सहनीले सहयोग गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here