21.5 C
Birgunj
Homeसमाचारस्थानियसांसद यादव सहित सुरक्षा निकायको टोली द्वारा पर्साको सिमा नाकाको निरीक्षण...

सांसद यादव सहित सुरक्षा निकायको टोली द्वारा पर्साको सिमा नाकाको निरीक्षण ।

वीरगञ्ज,३० भदौ ।
सांसद सहित सुरक्षा निकायको टोली द्वारा पर्साको सिमा नाकाको निरीक्षण गरिएको छ ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद तथा संसदीय सुनुवाई समितीका सभापति लक्षमण लाल कर्ण सहित सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख  प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले नेपाल  भारत संग सिमा जोडिएका पर्साको विभिन्न सिमा नाकाको निरीक्षण गरेका हुन ‌।सुरक्षा निकायको टोली द्वारा वीरगंजको मुख्य  नाका भन्सार नजिकको मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोला लगाएतका नाकामा पुगेर अवस्था स्थिती  बारे जानकारी लिएको हो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी नेपाल  सरकारले पुरै  सिमा सिल गरेपनी खुला सीमानाका  कारण भारत बाट नेपाल तर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्नकोलागी  सांसदद्वयले सुरक्षा निकायका प्रमुखहरुलाई सुझाव दिएका थिए । सिमा निरीक्षणको क्रममा पर्सा जिल्ला का प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका लगाएतको उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here