43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

आईपीओ खुला : स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने

काठमाडौं,०६ माघ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आफ्नो आईपीओ निष्काशन र बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँमध्ये ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाइएको थियो। यसमा १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ।

आवेदन दिन सक्ने स्थानिय बासिन्दा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १–१० र ढोरपाटन नगरपालिका वडा नं. २ का छन्, जुन क्षेत्र आयोजनाबाट प्रत्यक्ष प्रभावित भएको छ।

सर्वसाधारण र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता शेयर निष्काशन गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त हुनुपर्नेछ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आवेदन माघ २० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन माघ ९ गतेभित्र दिनुपर्नेछ। पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ २० गतेसम्म लम्बिनेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here