40.8 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

नारायणगढ–मुग्लिन सडकमा यातायात पुनः सुचारु

चितवन,०१ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९:१० बजेदेखि सडक सञ्चालनमा आएको हो। बिहान ६:०० बजेदेखि सुरु गरिएको पहिरो पन्छाउने काम तीनवटा एक्साभेटर प्रयोग गरी सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

सडक खुल्नासाथ अवरुद्ध सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here