28.3 C
Birgunj
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
spot_img

रास्वपा पर्सा क्षेत्र नं. ४ काे सभापतिमा जितेन्द्र मिश्र निर्विराेध निर्वाचित

वीरगंज,०८ भदौ । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं ४ को क्षेत्रिय भेला सम्पन्न भएकाे छ । ठाेरीमा सम्पन्न भेलाले जितेन्द्र मिश्रकाे नेतृत्व क्षेत्रिय समिति पुर्नगठन गरेकाे रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले जानकारी दिए ।

उनका अनुसार रास्वपा पर्सा क्षेत्र नं. ४ काे सभापतिमा पुन: जितेन्द्र मिश्र निर्विराेध निर्वाचित भएका हुन् । पुर्नगठित समितिकाे उपसभापतिमा प्रवेज अहमद, सचिवमा सुमन परियार, सदस्यहरुमा बिकि यादव, दिपेन्द्र दास तत्वा, अमलेस प्रजापति सर्वसहमत चयन भएका हुन् ।

जिल्ला सभापति हरि पन्तको सभापतित्व र केन्द्रिय सदस्य डा. यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा जिल्ला उपसभापति तुल्सी पाैडेल, पूर्व जिल्ला संयाेजक दिलिप कुर्मी, क्षेत्रिय सभापति मनाेज कुर्मी, राम आर्य, रास्वपा नेता शम्भु कडेल, शम्भु राय माझी, क्षेत्र अन्तर्गतका गाउँपालिका सभापति, वडा समितिका सभापतिहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी शनिबार नै रास्वपाकाे ठोरी गाउँपालिकाकाे समिति पनि पुर्नगठन भएकाे छ । माधव बस्नेतकाे नेतृत्वमा ठाेरी गाउँपालिका समिति पुर्नगठन भएकाे केन्द्रिय सदस्य डा. यादवले वताए । उनका अनुसार रास्वपा ठाेरी गाउँपालिकाकाे सभापतिमा पुन: बुस्नेत निर्विराेध निर्वाचित भएका हुन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here