28.5 C
Birgunj
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img

चाँदी आयातमा सहजता, अब ५ लाख डलरसम्म सटही पाइने व्यवस्था

काठमाडौं,१ भदौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा विदेशी मुद्रा सटहीको सीमा बढाएको छ।

अब चाँदी आयात गर्ने व्यवसायीले प्रति पटक पाँच लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । यसअघि यो सीमा तीन लाख डलर मात्र थियो । राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार, चाँदीका गरगहना, कलात्मक वस्तु वा भाँडाकुडा बनाउने उद्योगहरूले औद्योगिक कच्चा पदार्थका रूपमा चाँदी आयात गर्दा यो सुविधा पाउनेछन् ।

अन्य सुनचाँदी व्यवसायीका लागि भने सटहीको सीमा प्रति पटक एक लाख डलर कायम गरिएको छ। यद्यपि, चाँदीका गरगहना निर्यात गर्ने व्यवसायीहरूलाई विशेष सटही सुविधा दिइने व्यवस्था पनि गरिएको छ।

बैंकले सटही सुविधा दिँदा व्यवसायीले यसअघि आयात गरेको चाँदीको निर्यात भएरनभएको यकिन गर्नुपर्नेछ। साथै, व्यवसायीले आफूले अन्य बैंकबाट लिएको सटही सुविधाको कुनै बक्यौता नरहेको स्वघोषणा पनि गर्नुपर्नेछ। यो नयाँ व्यवस्थाले चाँदीको आयात र त्यससँग सम्बन्धित व्यवसायलाई सहज बनाउने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here