29.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

एकै दिन सर्लाहीमा दुई सडक दुर्घटना, दुईजनाको मृत्यु

सर्लाही,३० साउन । सर्लाहीका दुई ठाउँमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई युवक घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका– १ चौलिखामा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षीय युवक र चक्रघट्टा गाउँपालिका– ५ पडरियामा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु भएको हो ।

पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको क्रममा गए राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको हो । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ ।

त्यस्तै गए राति सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ पडरियास्थित भित्री सडकखण्डमा भारतीय बीआर ३० ए जी ५०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय बरन बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट सोही ठाउँका २० वर्षीय दिपक मण्डल गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । दुई पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा चालक चक्रघट्ट–१ का २० वर्षीय कृष्ण यादव घाइते पनि भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बैठाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमको लागि अस्पतालमै छ । घाइते दुवै युवकको हाल प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here