31.2 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

दुर्गा प्रसाई साइबर अपराध अभियोगबाट निर्दोष ठहर

काठमाडौं,०३ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतीय अपराध (साइबर क्राईम) को आरोपमा सफाई पाएका छन् ।जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । यो मुद्दामा सफाई पाए पनि तीनकुने घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here