31.2 C
Birgunj
Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026
spot_img

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा १७महिला सहित ५७ जनाद्वारा रक्तदान

परवानीपुर (बारा), २० असार ।
बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एल.एस. न्युरो एण्ड जनरल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजना गरेको वृहत् स्वेच्छिक रक्तदान कार्यक्रममा अस्पतालका फैइनान्स प्रमुख दिपु राउत,  श्याम किशोर पटेल,  अरुण कुमार पटेल,आदित्य तिवारी , सुकेश पटेल,प्रियान्का रौय,लगाएत १७ महिलासहित ५७ जनाले रक्तदान गरेका छन् । अस्पतालका निर्देशक डा. अर्जुन पटेलले रक्तदान गरेर उद्घाटन गरेको सो कार्यक्रममा समाजसेवी, युवा, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका निर्देशक डा. पटेलले रगतको अभावका कारण कुनैपनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएका छन् । सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
अस्पताल प्रशासनका अनुसार संकलित रगत आकस्मिक शल्यक्रिया, दुर्घटनामा परेका बिरामी, सुत्केरी महिला, थालासेमिया, क्यान्सर तथा अन्य जटिल रोगबाट पीडित बिरामीहरूको उपचारमा उपयोग गरिनेछ । स्वेच्छिक रक्तदानको संस्कृतिलाई समाजमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको अस्पतालका प्रशासन प्रमुख विनोद पटेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सौरभ राज पाण्डे र प्राविधिक टोलीसँगै अस्पतालका चिकित्सक, नर्स, कर्मचारी तथा स्वयंसेवकहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए । रक्तदान गर्ने सबैलाई प्रशंसापत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । साथै, आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सन् २०१७ देखि सञ्चालनमा रहेको एल.एस. न्युरो एण्ड जनरल अस्पतालले अब नया नाम र नयाँ ढङ्गले नयाँ नामले अब एल.एस. होस्पिटल एन्ड मिडिकल रिसर्च सेन्टर बाट उपचार सेवासँगै स्वास्थ्य सचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै जानेछ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here