31 C
Birgunj
Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
spot_img

वीरगञ्ज–लक्ष्मणवा निवासी सन्तोष साहले सञ्चालनमा ल्याए ´नेक्सस ट्रेडर्स’

वीरगञ्ज, ७ असार – कृषि क्षेत्रको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगञ्जको प्रतिमा चोकमा ‘नेक्सस ट्रेडर्स’ सञ्चालनमा आएको छ।

एक औपचारिक कार्यक्रमका बीच उक्त ट्रेडर्सको उद्घाटन गरिएको हो। किसानलाई लक्षित गर्दै आधुनिक कृषि यन्त्र तथा सामग्रीहरूको बिक्री–वितरण गर्ने लक्ष्यसहित यो व्यवसाय सञ्चालनमा ल्याइएको जनाइएको छ।

वीरगञ्ज–लक्ष्मणवा निवासी सन्तोष साहद्वारा सञ्चालित ट्रेडर्सको उद्घाटन उनकी छोरी जासमिन साहले रिबन काटेर गरेकी हुन्। लामो समयदेखि कृषि सामग्री बिक्री–वितरण क्षेत्रमा सक्रिय रहेका साहले आफ्नै व्यवसाय सुरु गरेका हुन्।

सञ्चालक साहका अनुसार ‘नेक्सस ट्रेडर्स’ ले मधेश प्रदेश तथा चितवन जिल्लाका लागि विश्वप्रसिद्ध ग्लोबल कम्पनीका कम्बाइन हार्भेस्टर बिक्री–वितरण गर्नेछ। साथै, सो कम्पनीका पार्टपुर्जा समेत उपलब्ध गराइनेछ।

उनले आइतबारबाटै कृषि यन्त्रहरूको बुकिङ खुला गरिएको जानकारी दिए। गुणस्तरीय सामग्री बजारभन्दा सहुलियत मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको उनले बताए।

साहले कम्पनीमार्फत बिक्री हुने सबै सामग्रीमा गुणस्तर, ग्यारेन्टी–वारेन्टी तथा सेवा (सर्भिसिङ) लाई प्राथमिकता दिइने उल्लेख गरे। नेपाली बजारमा सहज रूपमा उपलब्ध हुने पार्टपुर्जा भएका सामग्रीलाई मात्र प्राथमिकता दिने उनको भनाइ छ।

उद्घाटनको अवसरमा कम्पनीले एक महिनासम्म विशेष छुटमा कृषि सामग्री उपलब्ध गराउने योजना समेत सार्वजनिक गरेको छ।

नेपालका धेरै कृषक अझै आधुनिक प्रविधितर्फ पूर्ण रूपमा उन्मुख हुन नसकेको उल्लेख गर्दै साहले विशेष गरी मधेश प्रदेशका कृषकलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले आफू अघि बढेको बताए।

कार्यक्रममा वीरगञ्जका पत्रकार, बारा–पर्साका किसान, कृषि सामग्री बिक्री–वितरणसँग सम्बन्धित प्रतिनिधि तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

spot_img
Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here