31.9 C
Birgunj
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
spot_img

परराष्ट्रमन्त्रीको भारत भ्रमण : सीमा विवाददेखि उच्चस्तरीय भेटवार्तासम्म

काठमाडौं,२१ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो।

यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारणले भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ। नयाँ कार्यतालिकाअनुसार मन्त्री खनाल शुक्रबार नै नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी एस. जयशंकरलगायत भारतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसैबीच हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीको भ्रमणलाई पनि उच्च महत्वका साथ हेरिएको छ। रवि लामिछानेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भेट गरिसकेका छन्।

यस्तो पृष्ठभूमिमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री भारत भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे समेत भारतीय समकक्षीसँग प्रारम्भिक छलफल गर्नेछन्।

भ्रमणका क्रममा द्विपक्षीय हितका विविध विषयसँगै नेपाल–भारत सीमा विवादलगायतका संवेदनशील मुद्दामा पनि छलफल हुने अपेक्षा गरिएको छ। उक्त छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गर्ने तयारी समेत हुने बताइएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here