31.9 C
Birgunj
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
spot_img

शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन : पर्सा–४ का विद्यार्थी सम्मानित

वीरगंज,२१ जेष्ठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका छन्।

क्षेत्रभित्रका विभिन्न पालिकाबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–२ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयकी अन्सु खनालले ३.६६ जीपीए प्राप्त गर्दै क्षेत्रमै प्रथम स्थान हासिल गरेकी छन्। उनलाई रु. ५१ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो।

त्यसैगरी विभिन्न पालिकाबाट प्रथम स्थान हासिल गर्ने पाँच जना विद्यार्थीलाई जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ। पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा श्री नेरा माध्यमिक विद्यालय सेढवाकी राधा कुमारी (GPA ३.२५), श्री नेरा माध्यमिक विद्यालय जगरनाथपुरका अजय साह रौनियार (GPA ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय लगडीका सञ्जीव पटेल (GPA ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय भेडीहारीकी रैणु कुमारी (GPA ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय छिपहरमाई गाउँपालिका भिस्वाका रञ्जित कुमार साह (GPA ३.२२) रहेका छन्।

कार्यक्रममा बोल्दै सांसद शाक्यले शिक्षा नै विकास र समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै उत्कृष्ट विद्यार्थीहरूको सम्मान तथा प्रोत्साहन कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थीहरूलाई अझ मेहनतका साथ अध्ययन गरी राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे।

कार्यक्रममा सहभागी शिक्षक सुदिल पटेलले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिनु शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र उत्साह थप्ने महत्वपूर्ण कदम भएको बताए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here