25.5 C
Birgunj
Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
spot_img

अनिल छोपालिया र अनमोल साहविरुद्ध मुद्दा दर्ता गर्न अदालतको आदेश

वीरगञ्ज, २४ असोज।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अनिल छोपालिया र उनका छोरा अनमोल साहविरुद्ध लेखत तथा नागरिकता किर्ते र दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्साका नाममा परमादेश जारी गरेको छ।

उक्त मुद्दा दर्ता गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाँदा प्रहरीले मुद्दा दर्ता नगरेपछि पन्नालाल प्रसादले अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार निवेदकले पेस गरेका प्रमाणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी ३० दिनभित्र मुद्दा दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो।

यसअघि अनमोल साहलाई वीरगञ्जस्थित त्रिशला रेस्टुरेन्टमा सुनिता स्याङ्बोको रहस्यमय मृत्यु प्रकरण तथा ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा प्रहरीले विशेष सुविधा दिएको आरोप लागेको थियो।

स्याङ्बोको रहस्यमय मृत्यु प्रकरणमा पर्सा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठक र प्रहरी निरीक्षक शैलेन्द्र खड्काको टोलीले आर्थिक चलखेल गरी घटनालाई अन्यत्र मोडेको आरोपसमेत लागेको थियो।

पन्नालाल प्रसादले अनमोल साह पटक–पटक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परे पनि राजनीतिक तथा आर्थिक प्रभावका कारण उन्मुक्ति पाउँदै आएको आरोप लगाएका छन्। हिरासतमा रहँदासमेत उनलाई उच्चस्तरको सेवा–सुविधा उपलब्ध गराइएको प्रसादको दाबी छ।

अदालतको परमादेशसँगै अब जिल्ला प्रहरी कार्यालय पर्साले आदेशमा उल्लेखित प्रक्रिया पूरा गरी सम्बन्धित मुद्दा दर्ता गर्नुपर्नेछ। त्यसपछि प्रहरीले प्राप्त प्रमाण र घटनासम्बन्धी तथ्यका आधारमा अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here