38.8 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

प्रदीप यादवको विजय यात्रामा अखिल नेपाल महिला संघको दमदार अभियान

वीरगंज । अखिल नेपाल महिला संघ पर्साको भेला सोमबार वीरगंजमा सम्पन्न भएको छ। भेला पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने अभियानअन्तर्गत आयोजना गरिएको हो ।

भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घर पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । संघकी इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशको राजनीतिक स्थिरता, विकास र सुशासनका लागि नेकपा एमालेको विजय आवश्यक रहेको बताइन् ।

उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई विजयी बनाउन सकिने उल्लेख गरिन् ।

भेलामा बोल्दै नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनलाई विजयी गराउनु समयको आवश्यकता रहेको बताए । उनीहरूले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालित भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरे।

अध्यक्ष इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर एमालेका उम्मेदवार यादवलाई जिताउन अभियान सञ्चालन गर्ने जानकारी दिइन्। भेलाको अन्त्यमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प व्यक्त गरे।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here