42.2 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

संकटमा जनताको साथमा उभिने नेतृत्व छान्ने बेला आएको छ : प्रदीप यादव

वीरगंज,१३ माघ । पर्सा निर्वाचन क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले संकटका बेला जनताको साथमा उभिने नेतृत्वलाई नै अबको निर्वाचनमा मतदाताले रोज्नुपर्ने समय आएको बताएका छन्।

चुनावी प्रचार–प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यादवले वीरगंजमा चरम सुख्खा परेका बेला नगरवासीहरू खानेपानीको अभावमा भौतारिइरहेका अवस्थामा आफूले ठूलो जोखिम मोलेर केन्द्र सरकारसँग बजेटको व्यवस्था गरी धारा, बोरिङ, ट्युबवेल तथा रिजर्भ ट्याङ्कीमार्फत सहज खानेपानी वितरण गराएको स्मरण गराए।
“संकटको घडीमा कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले प्रत्यक्ष देखिसक्नुभएको छ,” यादवले भने।

पूर्व मन्त्रीसमेत रहेका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालय कस्तो हुनुपर्छ भन्ने कुरा काम गरेर प्रमाणित गरेको दाबी गरे। उनले विकास निर्माणका बाँकी कार्यहरू पूरा गर्नका लागि फेरि एकपटक अवसर दिन मतदातासँग आग्रह गर्दै जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै एमालेसँग रहेको बताए।

यादवले सुख्खाग्रस्त अवस्थाबाट सिर्जित समस्याहरू समाधान गर्न कुनै कसर बाँकी नराखी अघि बढेको र कोरोना महामारीका बेला वीरगंज तथा आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेलेकोसमेत स्मरण गराए।

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक क्षेत्रका सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने उनको भनाइ थियो। कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटका बेला साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको बताउँदै एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here