43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

६१औं वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

वीरगंज,०८ माघ । राष्ट्रिय वाणिज्य बैंकको मधेस प्रादेशिक कार्यालय, वीरगंजले आफ्नो ६१औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

बुधबार पर्सा जिल्लाको पिप्रास्थित श्री निरसिंह माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थीले प्रत्यक्ष रूपमा सहभागिता जनाउँदै वित्तीय ज्ञान हासिल गरेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले वित्तीय साक्षरता सबैका लागि अपरिहार्य रहेको उल्लेख गर्दै दैनिक जीवनमा बचत, लगानी तथा जिम्मेवार आर्थिक निर्णय गर्न यसको महत्वबारे धारणा व्यक्त गरे।

बैंकको तर्फबाट आलोक रञ्जन कर्ण, उपप्रबन्धक रवि प्रसाद कानु, अशोक कुमार यादव, वृजकिशोर शाह र मोदनारायण चौधरीले विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ सेवा, डिजिटल कारोबार र वित्तीय अनुशासनसम्बन्धी प्रशिक्षण दिएका थिए।

विद्यार्थीहरूमा आर्थिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका संयोजक आलोक रञ्जन कर्णले जानकारी दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here