43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

गुल्मीमा दुर्घटना: दुई सवारीसाधन ठोक्किए, ८ घाइते

गुल्मी,०६ माघ । गुल्मीको इश्मा गाउँपालिका–१ राले स्थित तम्घास–सिमलटारी सडक खण्डमा मंगलबार दिउँसो दुई वटा सवारीसाधन ठक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नं. को पिकअप गाडी एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा ६६ वर्षीया कृष्णकुमारी अर्याल, ७२ वर्षीय डल्ले कुमाल, २५ वर्षीय विष्णु थापा, २४ वर्षीय सुनिल आचार्य, ४८ वर्षीया कमला घिमिरे, ४४ वर्षीया बालकुमारी सुनार, ३३ वर्षीया हथिना खातुन र ३३ वर्षीय हरिबहादुर पौडेल छन् ।

दुर्घटनामा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ । घाइतेमध्ये एक जनालाई थप उपचारका लागि पल्पा पठाइएको छ ।

प्रहरीले दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here