28.1 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

पर्सामा सशस्त्र प्रहरीको ‘स्पेशल अपरेशन’, खेतको परालबाट २१३ किलो गाँजा बरामद

वीरगंज,१० मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी एवं लागुऔषध ओसार–पसार नियन्त्रण गर्न निरन्तर निगरानी र Intelligence Led Operation (सूचना-आधारित अपरेशन) सञ्चालन गर्दै आएको छ। यही अभियानअन्तर्गत मङ्सिर, मंगलबार विशेष सूचनाका आधारमा गरिएको अपरेशनबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार लागुऔषध दुर्व्यसनले समाजमा पार्ने गम्भीर प्रभावलाई मध्यनजर गर्दै प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाइएको छ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल नेतृत्वको टोलीले पर्सा– बिन्दवासिनी गाउँपालिका–५ बटसौरामा खेतको परालको कुन्यु भित्र लुकाइ-छिपाई राखिएको अवस्थामा २१३ किलोग्राम (दुई क्विन्टल १३ किलो) गाँजा बरामद गरेको हो। बरामद गाँजा २० वटा पोकामा प्याक गरी सुरक्षित रूपमा लुकाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए।

सशस्त्र प्रहरीले घटनास्थलमा भेटिएको सम्पूर्ण लागुऔषध आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाइसकेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here