30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

उपत्यकामा जेनजी उपद्रवको छानबिन: १०४ जाहेरी प्रहरीसमक्ष दर्ता

काठमाडौं,०८ मंसिर । जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाभित्र भएको तोडफोड, आगजनी र अन्य आपराधिक उपद्रवसम्बन्धी १०४ वटा उजुरी प्रहरीसमक्ष दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार पत्रकार सम्मेलनमार्फत यसबारे विस्तृत जानकारी दिएको हो।

प्रहरीका अनुसार दर्ता भएका उजुरीमध्ये २२ वटा व्यक्तिगत, ६६ वटा विभिन्न सरकारी कार्यालय तथा प्रहरी प्रतिवेदनका आधारमा, र १६ वटा संस्थागत उजुरी रहेका छन्। यसमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता उच्च संवैधानिक निकायसमेत क्षतिको सूचीमा परेका छन्।

अभियानका दौरान विभिन्न स्थानमा भएको तोडफोड, सार्वजनिक सम्पत्तिमा भएका क्षति, आगजनी तथा गैरकानूनी गतिविधिबारे विस्तृत विवरणसहित प्रहरीसमक्ष उजुरीहरू आएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दर्ता भएका सबै उजुरीहरूको थप अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। आवश्यक प्रमाण संकलन, संलग्न व्यक्तिहरूको पहिचान तथा कानुनी कारबाहीलाई अघि बढाउने तयारी भइरहेको जनाएको छ।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक र संवैधानिक संरचनामाथि पुगेको क्षति तथा त्यसबारे परेको उजुरीको संख्या प्रहरीका लागि महत्वपूर्ण चुनौती बनेको अधिकारीहरूको भनाइ छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here