30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

मिथिला संस्कारको झल्को,जनकपुरमा जानकीको मटकोर धूमधामसहित मनाइयो

जनकपुरधाम,०८ मंसिर । ऐतिहासिक तथा धार्मिक महत्त्वले भरिएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर उत्सव हर्षोल्लासका साथ मनाइँदै छ।

आज दिउँसो जनकपुरधामको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल गंगासागरमा परम्परागत मिथिला विधिअनुसार जानकीको मटकोर कार्यक्रम सम्पन्न गरिन लागेको जनकपुरस्थित जानकी मन्दिरका सह–महन्त रामरोशन दास बैष्णवले जानकारी दिए।

बाजागाजा, भक्तजनको भीड तथा रंगीन शोभायात्रासहित मटकोर स्थलतर्फ प्रस्थान हुने यो समारोह मिथिला सभ्यताको महत्वपूर्ण सांस्कृतिक पहिचान मानिन्छ। सीताको प्रतीकका रूपमा रहेका बालिकामार्फत माटो सङ्कलन गरिने यो अनुष्ठानमा स्थानीयवासी तथा बाहिरका श्रद्धालुहरूको ठूलो भीड जुट्ने गर्दछ। भक्तजनले मटकोर गीत गाउँदै वातावरणलाई झनै भक्तिमय बनाउने परम्परा आज पनि जारी रहनेछ।

मटकोर सम्पन्न भएपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला निकालिने छ, जहाँ स्वयंवर र विवाहको मुख्य कार्यक्रम विशेष धूमधामका साथ आयोजना गरिनेछ। यसअघि मंसिर ४ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवअन्तर्गत पहिलो दिन ‘नगरदर्शन’, दोस्रो दिन ‘फूलबारी लिला’, तेस्रो दिन ‘धनुषयज्ञ’ र चौथो दिन ‘तिलकोत्सव’ भव्य रूपमा सम्पन्न भइसकेका छन्।

भोलिको विवाह महोत्सवपछि जन्तीका रूपमा आएका साधु–सन्त तथा भक्तजनहरूको बिदाइ ‘राम कलेवा’ कार्यक्रमद्वारा बुधबार विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here