13.1 C
Birgunj
spot_img

“४ लाखको बिललाई १० लाख भन्दै झूटो प्रचार, एल.एस. न्युरो हस्पिटलको आपत्ति

“४ लाखको बिललाई १० लाख भन्दै झूटो प्रचार, एल.एस. न्युरो हस्पिटलको आपत्ति
एल.एस. न्युरो हस्पिटलमा करिब १२ दिनअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका दीपक मालि उपचारका लागि भर्ना गरिएका थिए। दुर्घटनापछि अत्यन्तै गम्भीर अवस्थामा रहेका उनलाई दक्ष चिकित्सक टोलीले दिनरात १२ दिनसम्म निरन्तर उपचार गरे पनि, दुर्भाग्यवश उनको ज्यान बचाउन सम्भव भएन।

मृतकको परिवारलाई उपचार खर्चको हिसाब–किताब स्पष्ट पारिएको र मानवीय दृष्टिले अस्पतालले केही छुट समेत उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएको छ। उपचार खर्च जम्मा रु. ४,०२,४८० भए पनि, केही व्यक्तिहरूले पैसा नतिर्ने बहानामा भीड जम्मा गरी अस्पताल परिसरमा हुलहुज्जत र झगडा गर्ने प्रयास गरेका थिए।

त्यसैबीच कतिपय व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यममार्फत “बिल १० लाख पुगेको” भनी आधारहीन दाबी गर्दै अस्पतालको प्रतिष्ठामा धक्का पुर्याउने असत्य प्रचार गरेका थिए। अस्पतालले यसलाई पूर्णरूपमा गलत भन्दै यस किसिमको भ्रम फैलाउने माथि आवश्यक कानुनी कारबाही प्रक्रिया मा जाने चेतावनी दिएको छ।

अस्पताल प्रशासनका अनुसार, एल.एस. न्युरो हस्पिटलको पहिलो प्राथमिकता बिरामीको जीवन र स्वास्थ्य हो र सेवामा इमानदारी र नैतिकता कायम राख्ने प्रतिबद्धता अटल छ। भ्रामक हल्ला र अस्पतालको गरिमा हानी पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने अस्पतालको स्पष्ट भनाइ रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here